१५ बैशाख २०८१, शनिबार
Follow Us

धौलागिरी बहुमुखी क्याम्पसमा १ लाख भन्दा बढिको अक्षयकोष स्थापना

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार ०४:३७

बागलुङ- धौलागिरी कै एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि लक्षित गरी अक्षयकोषको स्थापना गरिएको छ । क्याम्पसका पुर्व विद्यार्थी तथा पुर्व स्ववियु सदस्य दधिलाल आचार्यले क्याम्पसमा अध्ययनरत ८ जना विद्यार्थीका लागि छात्रबृति प्रदान गर्ने उद्देश्यले ‘धर्मनाथ विज्ञान कोषको स्थापना गरेका छन ।

कुल १ लाख १ हजार बराबरको उक्त कोष स्थापना गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसले राखेको भेटघाट कार्यक्रममा उक्त कोषको घोषणा गरेका हुन । पर्वतको धाईरिङ घर भएको आचार्य २०५१ सालमा उच्च शिक्षा पढन धौलागिरी बहुमुखी क्याम्पस छिरेका थिए । उनले आई एल सम्मको पढाई यसै क्याम्पस बाट पढेका थिए ।
आफुले अध्ययन गरेको क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई केही राहत पुगोस भन्ने उद्देश्यका साथ कोषको स्थापना गरेको बताए ।
२०५१ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सदस्य समेत निर्वाचित भएका आचार्य हाल युकेमा होटल व्यवसाय संचालन गर्दै आएका छन । यस अघि पनि पर्वतको शालिजामा अपाङलाई पनि सहयोग गरेका थिए ।

१७ वर्षमा आफुले पढेको क्याम्पसमा आएर एउटा कोष स्थापना गर्न पाउँदा निकै गौरब लागेको उनि बताउँछन । कार्यक्रमको अवसरमा बोल्दै आचार्यले आफुले धौलागिरी भित्रका हरेक क्षेत्रमा सहयोग गर्नका लागि तयार रहेको भन्दै सामाजिक क्षेत्रमा आर्थिक भौतिक र नैतिक रुपमा सहयोग गर्नका लागि सधै प्रतिवद्धता रहेको बताए ।

कार्यक्रममा नेपाल विद्यार्थि संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्माले विदेशमा रहेर पनि आफुले अध्ययन गरेको क्याम्पसमा आचार्यले स्थापना गरेको अक्षयकोषले यहाँका विद्यार्थीहरुको मनोबल उच्च राख्ने बताए ।
सो अवसरमा पुर्व स्ववियु सभापति तथा युवा नेता बसन्त कुमार श्रेष्ठ, नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबु, त्रिवी कर्मचारी संघका केन्द्रि सदस्य गुरुप्रसाद कंडेल, प्रजातान्त्रिक कर्मचारी संघका केन्द्रिय सदस्य शिवराज पन्त नेविसंघ बागलुङका अध्यक्ष खड्क थापा, लगायतले आचार्यले गरेको काम निर्क प्रशंसनिय रहेको बताए । धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्माको अध्यक्षता, सचिव विष्णुराज पौडेलेको संचालनमा सम्पन्न भएको थियो ।