८ बैशाख २०८१, शनिबार
Follow Us

‘विरताको चिनो २’ मा रमित ढुंगाना फाइनल

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार ०५:००

स्क्रिप्ट राईटर तथा फिल्म निर्देशक शिवम अधिकारीको निर्देशनमा नयाँ फिल्म ‘विरताको चिनो २’ निर्माण हुने भएको छ । नालापानीको कथामा आधारित भएर निर्माण हुने फिल्मको कथा निर्देशक शिवम आफैले लेखेका हुन् । यसअघि यो फिल्मको नाम ‘नालापानी’ राखिएको थियो । श्याम कार्कीको प्रस्तुतीमा सुनिल लामाले निर्माण गर्न लागेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहनेछ ।

श्याम कार्कीले यसअघि ‘विरताको चिनो’ नामक फिल्म निर्माण गरेका थिए । माघबाट छायांकन सुरु हुने फिल्मको बजेट २ करोड माथि रहने निर्माता सुनिल लामा बताउँछन् । फिल्मका लागि अधिकांश नयाँ कलाकार अडिसनबाट छानिने छ । फिल्ममा रमित ढुंगाना, गणेश गिरि, श्रीदेव भट्टराई, श्याम कार्की, सुनिल लामा, केशब सापकोटा भने फाइनल भैसकेका छन् ।

फिल्मको विषयमा जानकारी दिँदै निर्देशक अधिकारीले भने, ‘विगत ५ वर्षदेखि नेपाल र भारतका विभिन्न ठाउँहरुमा पुगेर फिल्मको कथावस्तु तयार पारेको छु । आशा छ फिल्मलाई उत्कृष्ट बनाउन सफल हुनेछु ।’ उनका अनुसार, नालापानीको युद्दमा नेपाली विर सेनाहरुले देखाएको विरताको कथा नै फिल्मको मुख्य बिषयवस्तु हो । फिल्मको छायांकन हेटौंडा, सिन्धुली र काठमाडौँमा हुनेछ ।
Other News Headlines
‘मेला’ गीत : आमेषको मुटुमा अशिष्माको बास
अरविन्दको बायोपिक फिल्मको ट्रेलर रिलिज
‘कालोपोथी’ र ‘घामपानी’लाई विशेष चलचित्र अवार्ड
‘ऐश्वर्य’ सोलो रिलिज, कमाउला ऐश्वर्य ?
संकटमा मलिनाको फिल्मी करिअर
२०१९ को ईद पनि सलमानले गरे ‘बुक’
‘सकस’ गीतमा काठमाडौंको चित्र (भिडियो)
‘तान्द्रो’ गीतमा बिदा माग्दैछन् दयाहाङ
फेक फेसबुकले तनाबमा पूजा
‘आर्या’मा शिल्पा हिरोइन

फिल्मी खबरबाट ।