६ बैशाख २०८१, बिहीबार
Follow Us

दोहोरो नागरिकता भएकाले अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार ०८:५०

क्यानबेर्रा । अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ । उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो ।
अयोग्य ठहरिनु भएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुनुहुन्छ । उहाँहरुसँग दोहोरो नागरिकता रहेकाले उहाँहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो ।
अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ । जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिनु भएको हो । उहाँहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसक्नु भएको थियो ।
जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मीएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मीनु भएको हो भने रोबर्टस् भारतमा जन्मीनु भएको थियो । त्यस्तै वेल्स र उहाँको बुवाको जन्म क्यानडामा भएको हो । उहाँहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ ।