८ बैशाख २०८१, शनिबार
Follow Us

प्रहरीको गोली लागेर दुईको मृत्यु, विर्तामोड तनावग्रस्त

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार ११:४१

विर्तामोड । लक्ष्मण सिवाकोटीको हत्याको विषयलाई लिएर झापाको विर्तामोड तनावग्रस्त बनेको छ । विर्तामोडबाट डिल्ली लिङ्दमले टिपाएको समाचारअनुसार प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भइसकेको छ । इलाम बस स्टेनमा रहेको रानाको घर अगाडि उनीहरु दुवै गोली लागेर ढलेका हुन् ।
स्थिति नियन्त्रण लिन विर्तामोडमा कफ्यु लागेको छ । मृतकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हुनाले मृत्यु हुनेको नाम सार्वजनिक भएको छ । कफ्यु तोड्न खोज्दा गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
गोली चल्न थालेपछि भीड तितरबितर भएको बताइएको छ । उक्त भीडले पाथिभारा टोलमा रहेको मेयर धु्रव शिवाकोटीको घरसमेत ध्वस्त बनाएको छ । घरमै पार्किङ गरी राखेको नगरपालिकाको गाडीसमेत ध्वस्त पारिएको समाचारमा जनाइएको छ ।
कफ्यु लगाएपछि स्थिति सामान्य बन्दै गएको बताइएको छ । मानिसहरु घरको झ्यालबाट सडकतिर हेर्नसमेत डराइरहेका छन् ।