१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अमेरिकामा हेल्प डेस्क

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार १२:४६

उपसभापति उमा कार्की थापाको संयोजकत्वमा एनआरएन अमेरिको एक महत्वपुर्ण निकाय, एनआरएन हेल्प डेस्कको औपचारिक घोषणा गरिएको छ ।
एनआरएनए अमेरिकाले पश्चिम क्षेत्रीय उपसभापति उमा कार्की थापाको संयोजकत्वमा एनआरएन हेप्प डेस्क स्थापना गर्नै निर्णय गरेको थियो । सोहि बमोजीम संयोजक थापाद्धारा प्रस्तुत अवधारणापत्रलाइ एनआरएनए अमेरिकाको सेप्टेम्बर १ मा बसेको बैठकले सर्वसम्मतले पारित गरेको थियो ।

सोहि अनुसार संयोजक थापाले अमेरिकाको बिभिन्न भागलाइ प्रतिनिधित्व गर्ने गरि सात सदस्यीय केन्द्रिय समितिलाइ पुर्णता दिनुभएको छ । मानोनित सदस्यहरुमाथलराज पन्त,टेक्सास, सुमन वस्ती, इलिनोइ, वासुदेव खनाल, कोलोराडो, सञ्जय थापा, न्यूयोर्क, विश्वमान आङ्दम्वे, जर्जिया र सदस्य सचिवमा मणिनेपाली पनेरु रहनु भएको छ।

त्यसै गरी सो अवधारणापत्र अनुसार राज्य तहमा जनघनत्व र आवश्यकताका अधारमा १ राज्य संयोजक र १ राज्य सचिव सहित अधिकतम २१ सदस्य राज्य समिती गठन गर्न सकिने प्राव्धान राखिएको छ । उपसभापति थापाले केन्द्रिय संयोजन समितीको गठन च्याप्टर लगायत अन्य ठाउँंहरुमा पनि हेल्प डेस्क स्थापना गर्ने सन्दर्भमा यो पहिलो र महत्वपुर्ण कदम भएको बताउँनु भयो ।

“अब अमेरिकाभर एनआरएन च्याप्टर र स्थानीय संघ संस्थाहरुको सहभागीतामा हेल्प डेस्कहरु गठन गरिने छ” वहाँले भन्नुभयो ।एनआरएन च्याप्टर नभएको राज्यहरुमा उपयुक्त फोकल पर्सनको संयोजकत्वमा हेल्प डेस्क स्थापना गरी सहयोग पुर्याउने स्पष्ट पार्दै सम्पुर्ण अमेरिकावासी नेपालीलाइ सहयोगको लागी आग्रह समेत गर्नुभयो । विभिन्न समस्यामा परका नेपालीको समस्या समाधानको लागी पहल गर्ने उदेश्यले एनआरएन हेल्प डेस्को स्थापना भएको हो ।
यसैबिच सदस्य सचिव मणिनेपाली पनेरुले समस्यामा परेका नेपालीको उद्धारमा सबै नेपाली जुट्नु पर्ने बताउदै हेल्प डेस्कले टेलीफोन हटलाइन, सामाजीक संजाल तथा वेभसाइट मार्फत सुचाना प्रवाह र पिडितको तल्काल राहतको लागी फन्ड संकलन जस्ता कार्यक्रमहरु कार्यन्वयन गरिने जानकारि दिनु भएको छ ।