१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डन दूतावासका कार्यरत कर्णेलको घरमा चोरी

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार २२:०९

लण्डन । नेपाली दूतावास लण्डनमा कार्यरत सैनिक सहचारी (मिलिट्री अट्याची) प्रदीपजंग केसीको घरमा चोरी भएको छ ।
क्वीन्सबरीस्थित घरमा कोही नभएको बेला चोरले कम्तीमा दश तोला सुन र नगद चोरेको बताइएको छ ।
श्रोतका अनुसार केसी सपरिपार सहित माल्टा होलिडेमा रहेको वेला घरमा चोरी भएको हो । दूतावासले भाडा तिरेर सैनिक सहचारी र परिवारलाई घर उपलव्ध गराएको छ ।

नेपालीको जनसंख्या उल्लेख्य भएको ठाउंमा नेपालीका गरगहनामाथि लुटेराले टार्गेट गरेका घट्ना बढ्दै गएका छन । केही समय अघि हन्स्लोमा नेपालीको करिब २५ लाख रुपैयांको सुन चोरी भएको थियो ।
यसै बीच लन्डनस्थित नेपाली दूतावासमा नयां सैनिक सहचारी (मिलिट्री अट्याची) आउने भएका छन ।

हालका सैनिक सहचारी कर्णेल प्रदीपजंग केसीको तीन वर्ष कार्यकाल सकिनै लागेकाले केसीको ठाउंमा कर्णेल कुमार थापा आउन लागेका हुन् ।

दूतावासमा अक्टोबर अन्तिममा केसीको विदाइको लागि आमन्त र दूतावास निकतवर्टीहरुलाई बोलाएर एक कार्यक्रम गर्ने तयारी गरेको छ ।

सन १९३४ मा स्थापित लन्डन मिसनमा केसी २३ औं सैनिक सहचारी हुन । बेलायत नेपालबीच सैनिक सम्वन्ध विस्तार र सहयोग आदानप्रदानमा सैनिक सहचारीको भूमिका प्रमुख रहे पनि पछिल्लो समयमा लण्डनमा आएका सहचारीहरु जागिरे मनस्थितीका रहेकाले उल्लेख्य काम गर्न नसकेको भनेर आलोचित छन्।