१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसको विजय कसैले रोक्न सक्दैन्: देउवा

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार २३:२४

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बाम गठबन्धन कांग्रेसका लागि चुनौती मात्रै नभएर अवसर पनि रहेको बताए ।

बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्दै कांग्रेसको विजय रोक्न अव कुनै पनि शक्तिले नसक्ने दावी गरे ।
उनले आसन्न निर्वाचनमा कांग्रेसलाई विजयी गराउन एकतावद्ध भएर चुनावी अभियानमा जुट्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि एकतावद्ध भएर अघि बढन तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए ।
काँग्रेस महामन्त्री डा। शशांक कोइरालाले आसन्न निर्वाचनमा बामपन्थी गठबन्धनलाई पराजित गर्न पार्टीका नेता कार्यकर्तालाई एकतावद्ध भएर चुनावी अभियानमा लाग्न निर्देशन दिए ।