६ चैत्र २०८०, मंगलवार
Follow Us

बेलायतमा झुमे गुल्मेली (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार १७:५०

बेलायतमा गुल्मेलीले नेपाल झल्काए फडिन्द्र भट्टराई, लन्डन संस्था स्थापनाको दशौ बार्सिकोत्सव मनाउदै गरेको बेलायतका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको बार्षिक भेटघाटमा समाजले नेपालको भरपुर कला, संस्कृती र परम्परा झल्काउने सांस्कृतिक प्रस्तुती हरु पस्किएको छ ।

बेलायत अल्डरसटको कनट स्कुल परिसरमा एक हजार भन्दा बढी मान्छे जम्मा भएको उक्त कार्यक्रममा सहभागी बेलायतका गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुले कार्यक्रमलाई नेपालको गाउँ घरका पाखा पखेरा झल्किने कार्यक्रमको संज्ञा दिएका छन । कार्यक्रमको आकर्षण रहेको गुल्मेली नौमती बाजाको लाईभ धुनमा नेपालबाट आएका कलाकार हरुको लोक प्रस्तुतीमा सहभागीहरु झुमेर नाचे । खुला चौरका बिभिन्न स्थानमा डम्फु मादल झ्याउरे, सालैजो , ठाडो भाका , भजन चुट्का तिज गीत लगायतको परम्परागत संगीतमा कार्यक्रमका सहभागी हरु स्वतस्फुर्त रुपमा झुमेका भेटीए ।

यसैगरी कार्यक्रममा स्थानीय बाल कलाकारहरुका बिभिन्न नृत्यहरुले थप रौनक थपीदिएका थिए । खेलकुद तर्फको आकर्षणमा भलिवल प्रतियोगिता निकै रोचक र प्रतिस्प्रधात्मक रहेको थियो । कडा प्रतिस्प्रधामा भिडेका चार्ल्टन , लन्डन , केन्ट , रिडिंग र विन्चेस्टर सहितका पांच टिम मध्ये चार्ल्टन समाज भलिवल टिम प्रथम र लन्डन भलिवल टिम दोश्रो बने । खेलकुद , संगीत र खानपानको विशाल पिकनिकमा परिणत भएको बेलायतको गुल्मेली मेलाका सहभागी महिला , बालक , किशोर किशोरी र वृद्द सबैले कार्यक्रमको भरपुर आनन्द लिन सकिएको बताएका छन । नेपाल बाट आफ्नो पारीवारिक भेटघाटमा बेलायत घुम्न आएका बयस्कहरु पनि कार्यक्रम स्थलमा उल्लेख्य रुपमा भेटीए नेपाल बाट पारिवारिक भेटघाट मा बेलायत आएका प्राज्ञ बासुदेव अर्यालले बेलायतका गुल्मेलीको यती ठुलो जमघटमा पस्केको भब्य नेपाली प्रस्तुती र व्यवस्थापनले आफु नतमस्तक भएको बताए ।

चौरको आफ्नै भलाकुसारीमा व्यस्त देखिएका यस्तै भ्रमणकर्ता बसन्त घर्ती ,सुरेन्द्र बस्याल र जुहारचन श्रेष्ठले त ‘नेपालीपन खोज्न बेलायत जानु’ भन्ने आशयको प्रतिक्रिया दिए । ” ठ्याक्कै सानोमा गुल्मीको मालिका मेलामा पुगेको सम्झना भयो “, झ्याउरेको तालमा उठ बस नाच्दा नाच्दै पसिना खल्काएल्का समाजकै सल्लाहकार रण बहादुर केसी भन्दै थिए । संस्थापक अध्यक्ष ओम प्रसाद थापा आफै डम्फु , मादल टोलीको नेतृत्वमा समेत खटेका देखिए । यस अघी बेलायतका लन्डन , साउथ ईस्ट , बर्मिन्घम , नोटिन्घम , ग्रान्थम , पिटरबरो , वेल्स र स्कटल्याण्ड लगायतका बिभिन्न ठाउँ बाट कार्यक्रम स्थलमा पुग्न कोच बुक गरेर यात्रामा निस्केका गुल्मेली हरुको बस भित्रकै नाचगानका पोस्टिंग हरुले सामाजिक संजाल संगीतमय बनिसकेको थियो । ‘यो रमाईलोले हामीहरु त रनभुल्ल नै छौ “, स्कटल्याण्ड बाट ८ घण्टाको ड्राईभ पछी कार्यक्रममा आइपुगेका समाजका सल्लाहकार काँसीराम भण्डारीले हाम्रो कुराकानीमा भने । कार्यक्रमको ठुलो उपस्थितमा समेत बार्बेक्यू खानपान प्रयाप्त रुपमा उपलब्ध गराएको कुरालाई धेरेले उल्लेख गरे । स्थानीय भेटघाट रेस्टुरेन्टले उपलब्ध गराएको क्याटेरिंगले राम्रै प्रशंशा बटुल्यो । कार्यक्रमको समग्र व्यवस्थापनको जिम्मा समाजका सचिव बिर बलालको टोलिले लिएको थियो ।

यती ठुलो ईभेन्टमा हुन सक्ने कमजोरी हरुको बावजुत आएका सकारात्मक प्रतिक्रियाले काममा अहोरात्र खट्ने आफ्ना स्वयंसेवी साथीहरु गद गद अवस्थामा रहेको उनले बताए । कार्यक्रम स्थलको व्यवस्थापन र सर सफाईमा खास गरेर स्थानीय तवरबाट महिला समुह हरु स्वयंसेवामा खटिएका थिए । “आफुले सेवा गरेर अर्को रमाएको देख्दा मन आनन्द हुन्छ हजुर “, खटन पटनमै खटिएका समाजका ७४ बर्षिय सल्लाहकार चक्र बहादुर रानाले मैदानमा भन्दै गरेका भेटीए । कार्यक्रमको अन्त्य सम्म प्रवेश द्वारमै स्वयं सेवारत भेटिएका समाजका अर्का सल्लाहकार तथा ब्यावसायी मिन दर्लामी पनि समाजको प्रतिष्ठा र सफलताको श्रेय सामुहिक प्रयासको प्रतिफल हो भन्दै थिए । संख्यात्मक रुपमा अधिकतम मान्छेहरु लाई प्रवेश शुल्ककै भरमा मनग्गे बार्बेक्यू सहितको खानाको प्रशस्ती लाई पनि कतिपयले कार्यक्रम सफलताको प्रमुख पाटो मान्नु पर्ने बताएका छन् ।

सांस्कृतिक कार्यक्रम तर्फ नेपालबाट बेलायत भ्रमणमा रहेका कलाकार हरु देविका केसी , राधिका हमाल , बिरु लामा थानेश्वर गौतम , जानु श्रीष लगायतले स्टेजमा धमाकेदार प्रस्तुती दिए । उनीहरुको लोक भाकामा झुमेका दर्शकहरुले कार्यक्रम हल खचाखच भएको थियो । प्रत्यक्ष गुल्मेली नौमती बाजा संगको दोहोरी पनि निकै रोचक बन्यो । सांस्कृतिक कार्यक्रमको संचालन समाजकै प्रवक्ता मंजु खरेल भण्डारीले गरेकी थिईन । मनोरंजन अन्तर्गत राफल चिट्ठा लगायतको संयोजन उपाध्यक्ष राजन खरेलले गरेका थिए । छोटो औपचारिकता धेरै मनोरंजन कार्यक्रमको शुरुवाती औपचारिक कार्यक्रम छिटो छरितो रुपमा समापन गरिएको थियो ।

समाजका अध्यक्ष राम गलामी अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागी कार्यबाहक राजदुत शरद राज आरनले आफ्नो मन्तव्यमा गुल्मेली हरुको उल्लासमय जमघट र परोपकारी कार्यले आफुलाई प्रभावित पारेको बताए । कार्यक्रममा बिशेष अतिथी एन आर एन युरोप संयोजक कुल आचार्यले बेलायतको गुल्मेली समाज उदाहरणीय बन्न सकेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष ओम प्रसाद थापा तथा निर्वतमान अध्यक्ष अर्जुन गौतमले समाजको दश बर्षे यात्राको स्मरण गरे । अध्यक्ष राम गलामीले समाजका परोपकारी कार्यहरुको चर्चा गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष द्वय टोप पल्ली र फडिन्द्र भट्टराईले क्रमश स्वागत मन्तब्य र धन्यवाद ज्ञापन गरेका थिए । उक्त औपचारिक सेशनको संचालन समाजका महासचिव शिव भण्डारीले गरेका थिए । कार्यक्रममा एन आर एन यूके उपाध्यक्ष शान्ति थापा नेपाली दुतावासका एट्याची तेजेन्द्र रेग्मी लगायतका पाहुनाहरु लाई अतिथीको रुपमा सम्मान गरिएको थियो ।

समाजले गर्ने अन्य कार्यक्रमका अलावा मनोरंजन र आपसी भेटघाटका हिसाबले यो समर कार्यक्रमलाई बेलायतको नेपाली समुदायमा बिशेष रुपमा हेर्ने गरिन्छ । सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिईन्छ ।

13962760_1283938028336308_1502044914202826828_n 13942618_10157250765665494_1433435826_n 13903255_1153695658003164_6256630689852845363_n 13895414_1283937845002993_9117874283987958347_n 13872650_1153695588003171_111716922673108332_n 13770331_1153695921336471_3542615626385447905_n