१२ बैशाख २०८१, बुधबार
Follow Us

विर्तामोडको तनाव साम्य

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७४, शनिबार १५:०१

झापा । झापाको विर्तामोडमा बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव साम्य भएको छ । स्थानीय प्रशासनको रोहबरमा शनिवार मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तथा बालक हत्याको सुक्ष्म छानविन र गोली काण्डका दोषीलाई कारबाही गर्ने सर्बपक्षीय सहमति भएपछि तनाव साम्य भएको छ ।
गत असोज १४ गते हराएका अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी १५ गते मृत भेटिएका थिए । उक्त घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयले शुक्रबार गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा ११ का ३० वर्षीय नरेश थापामगरको मृत्यु भएको थियो ।