११ बैशाख २०८१, मंगलवार
Follow Us

त्रिशुली दुर्घटनाको शोकमा भोलि सप्तरीका स्थानीय निकाय बन्द

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार ०२:०७

कार्तिक ११, २०७४-त्रिशुलीमा भएको बस दुर्घटनाको शोकमा भोलि सप्तरीका सबै स्थानीय निकाय बन्द गरिने भएको छ ।

त्रिशुलीमा शनिबार बस खस्दा २८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउँने अधिकांश सप्तरीबासी छन् ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादवका अनुसार दुर्घटनामा ज्यान गुमाएहरुलाई श्रद्धान्जलीस्वरुप भोलि सबै स्थानीय निकाय र मातहतका कार्यालय बन्द गर्ने निर्णय भएको हो ।

कान्तिपुरबाट ।