१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनावमा भोट माग्ने माध्यम बन्दै बलेवा बिमानस्थल

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार ०६:०२

सरु पौडेल बलेवा,कार्तिक १२ / २०५२/५३ देखि बन्द गरिएको बागलुङ बलेवा एयरपोर्ट विगत २० बर्ष देखि सञ्चालनमा आउन सकेको छैन् । समय समयमा लाखौ“ खर्च गरि भवन मर्मत गरिएता पनि लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि भवन पुनः जीर्ण बन्दै गएको छ । एयरपोर्टका लागी भवन मर्मत, तारजाली गरिए पनि संरक्षणका अभावनमा भवन भत्किदै गएको हो ।४५० रोपनी जग्गामा रहेको बलेवा विमानस्थलबाट विगतमा काठमाण्डौ“, पोखरा, भैरहवा र जोमसोम लगायतका क्षेत्रमा उडान हुदै आएको थियो । तर अहिले व्यवस्थापनको कमिले गर्दा विमानस्थलको धावनमार्ग घाँस र झारले भरिनुका साथै ३ वटा भवन प्रयोगविहीन बनेका छन् । एयरपोर्ट सञ्चालन भएपछि सुनसान बलेवामा चहलपहल हुने आशा गरेका बलेवाबासी अहिले निरास बनेका छन् । भकुण्डेको मुलाबारी, गाजाको दह, चापखर्क लगायतका स्थान पर्यटनका लागी राम्रो सम्भाव्यता बोकेको स्थान हो । तर एयरपोर्ट सञ्चालनमा नआउदा सो क्षेत्रका व्यवसायीहरु विस्थापित भएको स्थानीयको गुनासो छ

। प्रत्त्येक चुुनावको समयमाा नेताहरु बलेवा बिमानस्थल सञ्चालनमा ल्याउने भन्दै खोक्रा भाषण गरेर भोट माग्न जान्छन् तर चुनावपछि बलेवा बिमानस्थल सञ्चालनमा आउने कुरा सुन्दै नेताहरु तर्र्किन थाल् छन्। आउँदै गरेको प्रदेश सभाको चुनाावमा पनि नेताहरुले यही बिमानस्थललाइई नै भोट माग्ने माध्यम बनाइसकेका छन् । तर त्यहाँका जनताहरुले नेताहरुरुका कुरालाइ पत्याउनु मात्र भएको छ । बिमानस्थल बन्ला भन्दा झन् जीण बन्दै गएको कुरा स्थानीयबासीहिरु बताउँछन् ।
कैयौँ पटक मन्त्रीहरु गएर खोक्रा भाषण र आश्वासन बाँड्न पनि सफल भए तर बिडम्बना िबमानस्थल सफल हुने कुरा सपनामात्रे भयो ।