११ बैशाख २०८१, मंगलवार
Follow Us

चिनले दिएको निर्वाचन खर्चमा माओवादी ,एमालेको भागबण्डा

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार ०६:२४

काठमाडौं । शुक्रबार र शनिबार एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरूको गोप्य बैठकहरू बसेका छन् । ती बैठकहरूमा नेपाली कांग्रेसविरुद्ध चुनावी अभियान चलाउने विषयमा गम्भीर छलफल भएको छ ।

बैठकहरू एमालेका उपाध्यक्ष बामदेव गौतमको निवास भैँसेपाटीमा बसेका हुन् । सधै पार्टी कार्यालय वा केपी वली वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा रिसोर्टहरूमा बस्दै आएको शीर्ष नेताहरूको बैठक गौतमको निवासमा बस्नुलाई रहस्यका साथ लिइएको छ । अन्यत्र बैठक बस्दा गोप्य कुराहरू लिक हुने डरले गौतमको निवासमा बैठक बसेको हो । ती दुबै बैठकमा ओली र प्रचण्डका विश्वासपात्र नेताहरूलाई ईन्ट्री दिइएको थियो ।

स्रोतका अनुसार गौतमले चीनबाट निर्वाचनका लागि आएको बीस अर्ब रुपियाँका विषयमा एमाले र माओवादीका शीर्षहरूबीच भागबण्डा गर्न गोप्य रुपमा बैठक बसेको हो । एमालेका एक नेताका अनुसार चीनले वाम गठबन्धनलाई निर्वाचनका लागि बीस अर्ब रुपियाँ पाठाएको छ । यो पैसा ल्याउनका लागि एमालेका उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, माओवादीका नेता कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माको संयुक्त पहलमा नेपाल आएको हो ।

पैसा आएपछि एमाले र माओवादीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्लाहरूमा ओली र प्रचण्डको संयुक्त चुनावी सभाहरू राखिएको छ । एउटा सभाका लागि कम्तिमा पनि दुई करोड खर्च गर्ने गरेर व्यवस्थापन गरिएको स्रोतको भनाइ छ । मतदानका बेला वाम गठबन्धन कमजोर रहेका स्थानहरूमा पनि पैसा वितरण गर्ने गरेर ओली र प्रचण्डले गोप्य योजना बनाएको लिक भएको छ ।

चीनले जसरी पनि दुईतिहाई बहुुमत ल्याएर आफू अनुकूलको निर्णय गराउने पक्षमा रहेको देखिएको छ । यसअघि चीनले स्थानीय तहको निर्वाचनका लागि एमालेलाई दश अर्ब रुपियाँ दिएको खुलासा भएको थियो ।

नेपालका कम्युनिष्ट पार्टीहरूलाई एकठाउँमा ल्याउन दवाव दिइरहेको चीनले एमाले र माओवादी केन्द्रलाई वाम तालमेल गराउन ठूलो भूमिका खेलेको छ । त्यति मात्रै होइन चीनले निर्वाचनपछि यी दुई ठूला वाम पार्टीलाई एउटै बनाउन भित्रभित्रै दवाव अहिले पनि दिइरहेको छ ।
हुन् त चीनले निर्वाचन खर्चभन्दै बुढीकण्डकरी जलविद्युत आयोजनाबाट पाँच अर्ब रुपियाँ कमिशन माओवादी केन्द्र र एमालेलाई दिएको थियो ।

बुढीगण्डकी जलविद्युत् आयोजनालाई उर्जामन्त्रीबाट हटिसकेपछि जनार्दन शर्माले बालुवाटारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा चिनियाँ ठेकेदारलाई बिनाप्रतिस्पर्धा दिइएको थियो । त्यसका विरुद्ध डा.बाबुराम भट्टराईले सडक आन्दोलन समेत गरेका थिए ।

बुढीगण्डकीको पाँच अर्ब कमिशन जनार्दन शर्मालाई पचास करोड, पुष्पकमल दाहाललाई २ अर्ब २५ करोड र केपी ओलीलाई पनि २ अर्ब २५ करोड बाढिएको थियो ।

नेपाल पानाबाट ।

प्रतिकृया दिनुहोस