१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस समानुपातिक उम्मेदवार चयनमा शीर्ष तहमै विवाद

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार ११:३३

काठमाडौं । नेपाली काँग्रेसले यसअघि समानुपातिक तर्फबाट सासंद बनिसकेका नेतालाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राथमीकता नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको काग्रेसका शिर्ष नेताको बैठकले पार्टीमा योगदान गरेका र स्थानीयतहमा रहेर लामो समय काम गरेका जनप्रिय नेतालाई समानुपातीक सुचीमा राख्ने निर्णय गरेको हो । गत असोज २९ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीको अन्तिम संशोधनका बिषयमा बैठकमा छलफल भएको कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाँडले बताए । काग्रेस भित्र समानुपातीक सूचीमा उम्मेद्वार चयनका बिषयमा शीर्ष तहमै विवाद छ । दलहरुले समानुपातिकको बन्दसूची आयोगमा पेश गरेपनि आयोगले आईतवार बेलुकीसम्म अन्तिम संशोधनको म्याद दिएको छ ।