२६ बैशाख २०८१, बुधबार
Follow Us

देउवाका प्रतिस्पर्धी भट्टले चुनाव जिते तलब भत्ता नलिने

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार १४:०२

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका माओवादी नेता खगराज भट्टले चुनाव जिते तलब भत्ता नलिने घोषणा गरेका छन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत तलब भत्ता नलिने घोषणा गर्दै उक्त रकम डडेल्धुराको विकास र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका हुन्। ‘डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचित भए राज्यबाट कुनै पनि प्रकारको तलबभत्ता नलिने घोषणा गर्दछु। मैले पाउने सबै रकम डडेल्धुराको विकास र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्दछु।’
माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्ट पहिलो संविधानसभा निर्वाचन २०६४ सालदेखि डडेल्धुराबाटै चुनाव लड्दै आएका छन्। उनी प्रधानमन्त्री देउवासंग दुई पटक पराजित भएका छन्। यो उम्मदवारीसंगै उनी तेस्रो पटक प्रधामन्त्री देउवासँग प्रतिस्पर्धा गर्ने भएका हुन्।