७ बैशाख २०८१, शुक्रबार
Follow Us

साहित्यकारको स्वागतमा साहित्यिक जम्टघट

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०६:४६

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले नेपालबाट लण्डनमा एक अन्तराष्ट्रीय सम्मेलनमा भाग लिन आउनु भएका युवा साहित्यकार कवि निर्मलकुमार थापालाई एक साहित्यिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्वागत सम्मान् गरेकोछ ।
वयस्ट लण्डन ग्रिनफोर्ड स्थित परिषद् सचिवालयमा आयोजित उक्त समारोहलाई मुख्य अतिथि साहित्यकार कवि निर्मलकुमार थापाले सम्वोधन गर्नुहँदै साहित्यकारहरू जहाँ पुगे पनि मुटुमा देश बोकेर ल्याएका हुन्छन् । देश चिनाउने भाषा साहित्य संस्कृति जस्ता नेपाली पहिचानको जगेर्ना गर्ने कार्यमा नेपाली साहित्य विकास परिषद् यूके डायसपोरामा अग्रिणी रहेको जानाकारी धेरै पहिले देखि आफूले सुन्दै आएको र यहाँ आएर प्रत्यक्ष अन्तर्क्रिया गर्नपाउँदा खुसी लागेको चर्चा गर्नु भयो ।
समारोहमा सभापतिको आसनबाट वोल्नुहुँदै परिषदका संस्थापक तथा अध्यक्ष सुरेश जङ्ग शाहले देशको सम्वेदन्शील अवस्थामा लेखक साहित्यकारहरूको भूमिका गहन रहने चर्चा गर्नुहुँदै सर्जकहरूलाई वेलायतमा स्वागत गर्न पाउँदा खुसी लागेको कुरा बताउनु भयो ।
यस अघि स्वागत मन्तव्य दिनुहुँदै परिषद्का सहअध्क्ष कार्यक्रम संयोजक डा.गोपाल पौड्यल र पूर्व अध्यक्ष कवि हरिसिँह थापाले नेपाली साहित्य विकास परिषद्ले स्थापनाकाल देखि नै यसरी नेपालबाट आउने कवि साहित्यकारहरूलाई स्वागत र अन्तरक्रिया गरेर सृजना र चेतना एकआपसमा बाँड्ने गर्दैआइरेको उल्लेख गर्नुभयो । कार्यक्रमको संचालन गर्नुहुँदै परिषदकि महासचिव डा. सुधा श्रेष्ठले डायसपोरामा नेपाली साहित्य विकास परिषद् यूके ले नेपाली भाषा साहित्यको सिङ्गो इतिहास बोकेकोछ भन्नुहुँदै साहित्यकार निर्मलकुमार थापासँग पनि यो इतिहास जोड्न पाउँदा हामीलाई गर्भ लागेकोछ भन्नुभयो ।
समारोहमा साहित्यकार निर्मलकुमार थापालाई परिषद्को तर्फबाट खादा अर्पण र परिषद्का प्रकाशन कृतिहरू उपहार समर्पण गरिएको थियो ।
कार्यक्रमको प्रथम चरणमा अन्तरक्रिया तर्फ यती संस्थाका वरिष्ठ उपाध्यक्ष ठाकुर शर्मा , परिषदका पूर्व उपाध्क्ष चिरन्जीवी ढकाल, युवा बैज्ञानिक रुपेश पौड्याल लगायतका सहभागीबाट जिज्ञासा मन्तव्य राखिएको थियो भने दोस्रो चरणमा कवि कलाकारहरूद्वारा कविता वाचन तथा गीत संगित प्रस्तुत गरिएको थियो । यसरी कविता वाचन गर्ने कविहरूमा अतिथि कवि निर्मलकुमार थापा,हरि सिँह थापा,बसन्त रायक्षेत्री, डा.गोपाल पौड्याल, डा. सुधा श्रेष्ठ र सुरेश जङ्ग शाह हुनुहुन्थो भने आफ्नै रचनाका गीत संगित प्रस्तुत गर्नुहुनेहरुमा कोसेली संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषदका पूर्व अध्यक्ष कवि हरिसिँह थापा र कोसेली पूर्व अध्यक्ष कवि कलाकार बसन्त रायक्षेत्री हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा रमाइलो दीवाभोजको आयोजना गरिएको थियो । दीवाभोजको प्रायोजन तथा अतिथि सत्कार व्यवस्थापन् सहअध्यक्ष गोपाल पौड्याल तथा परिवारबाट गरिएको थियो ।
image6