१३ बैशाख २०८१, बिहीबार
Follow Us

समानुपातिक बन्द सूचि कात्तिक १७ सार्वजनिक गरिने

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०६:५७

काठमाडौं । राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक चुनाव प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन सहित निर्वाचन आयोगमा पेश गरेका छन् । गत असोज २९ गते आयोगमा बुझाएको सुचि संसोधन गरेर दलहरुले आइतवार आयोगलाई बुझाएका हुन । बन्दसूची सच्चाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरु आयोग पुगेका थिए । कांग्रेसले देउवा र रामचन्द्र पौडेल पक्षको साठी–चालिस भागबण्डा गरेर बन्द सुचि बुझाएको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठवन्धनले भने साठी प्रतिशत महिलाहरुलाई समानुपातिकका मौका दिएको छ । निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूचि संशोधन गर्न यही कात्तिक ६ गतेदेखि शुक्रवारसम्मको समयसीमा दिएको थियो । समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले उम्मेदवारको सुचि निर्वाचन आयोगलाई बुझाएका छन् । दलहरुले बुझाएको बन्दसुचि निर्वाचन आयोगले कार्तिक १७ गते सार्वजनिक गर्ने कार्यक्रम छ ।