१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन क्यानडाको साधारणसभा सम्पन्न

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७३, मंगलवार ०६:०९

मन्ट्रियल- गैरआवाशिय नेपालीहरुको सँगठन एनआरएन क्यानडाको नवौं साधारणसभा क्यानडाको यूरोप भनेर चिनिने मन्टि्रयल शहरमा भव्य रुपमा सम्पन्न भयो । कार्यक्रममाका प्रमुख अतिथि क्यानडा र क्यूवाका लागि नेपाली राजदूत कालिप्रसाद पोख्रेले पानसमा बत्ती वालि कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष तुलसी साप्कोटाले अतिथिहरुलार्इ खादा लगाएर स्वागत गर्नुभयो । एनआरएन क्यानडाका सल्लाहकार मुगाराज भन्डारीले उपस्थित सबै पाहुनालार्इ नेपालीहरुका घरघरमा अतिथि भएर बस्ने व्यवस्था गरिएको र यदी कोही छुट्नु भएको भएमा वहाँहरुलार्इ आतिथ्य स्विकार गर्न अनुरोध गर्दै स्वागत गर्नुभयो । स्वागतकै क्रममा प्रतिनिधिहरुले आ आफ्नो जिम्मेवारीलार्इ कडाइका साथ पालना गर्न र सहयोग आवश्यक परै जतिखेर पनि आफु उपलब्ध भएको जानकारी गराउनुभयो ।
त्यस्तै गरी स्थानिय संस्था एएनक्यूका अध्यक्ष युवराज भण्डारीले पनि सबै पाहुनाहरुलार्इ स्वागत गर्नुभयो । नोट स्पिकरको मन्तव्य राख्दै हनरेरी कन्सुलर जनरल डाकुन्जरमणी सर्माले यो मन्ट्रियल भनेको ऐतिहाँसिक शहर र यहाँका नेपालीहरुको शौहाद्र शिष्टएकता र पाहुनालार्इ स्वागत गर्ने कला अन्यत्रका नेपाली समुदायले पनि अनुकरण गर्नयोग्य भएको कुरा राख्नुभयो । अर्का अतिथि वक्ता एनआरएनका सल्लाहकार तथा एनआरएन क्यानडाका पूर्वअध्यक्ष नवराज गुरुङले आगामी अगष्ट २७ मा अमेरिकाको न्यूजर्सीमा हुने क्षेत्रिय सम्मेलनलार्इ सबै सहभागी हुन अनुरोध गर्दै एनआरएनले गरेका भूकम्पमा सहयोग पुननिर्माणमा लाप्राकका हजार घरहरुबारे माहालसम्म भएका गतिविधिहरु खुल्ला विश्वविधालय आदिको बारेमा प्रकाश पार्नुभयो ।