१२ बैशाख २०८१, बुधबार
Follow Us

बुटवलबाट तम्घास गइरहेको माइक्रोबस दुर्घटना, ७ को मृत्यु

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०९:१५

काठमाडौं । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास गइरहेको बा.४ ख ५५०१ नम्बरको माइक्रोबस विरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । तम्घासका लागि सोमबार बिहान छुटेको उक्त माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ । बुटवलबाट १३ जना यात्रु लिएर गाडी तम्घासका लागि छुटेको थियो ।
दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।