१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जिप दुर्घटनामा चारजनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०९:३३

उदयपुर । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको जटनास्थलमै मृत्यु भएको छ ।
जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने उहाँले जानकारी दिनुभयो ।