७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाण्डौ र धुलिखेलमा चल्ने भयो मेट््र्रो रेल

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार १०:०७

४ वर्षमै काठमाडौँ र धुलिखेलमा मेट्रोरेल चल्ने, यस्तो छ डिपीआर प्रतिवेदन

काठमाडौ । देशमा वर्षौदेखी रेल मेट्रो रेलको निर्माण गर्ने कुरा चलिरहे पनि अहिलेसम्म पनि त्यसलागी शुन्य तयारी पनि थिएन् । तर अब भने काठमाडौँ उपत्यका र नागढुंगादेख धुलिखेलसम्म चल्ने गरी दुई मेट्रोरेल निर्माणका लागी डिपीआर प्रतिवेदन तयार भएको छ । लगानी बोर्डले दुबै मेट्रोरेल निर्माणका लागी अन्तिम प्रतिवेदन तयार पारेको हो ।

जापान सहयोग नियोग (जाईका) ले सन् २०१६ मा तयार पारेको गुरुयोजना, रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले गरेको अध्ययन, लगानी बोर्डले नै बेलायती सहयोग नियोग (डिफिड) लगायतका निकायले तयार पारेको प्रतिवेदनमा आधारित भएर समितिले अन्तिम प्रतिवेदन तयार पारेको हो ।

बूढानिलकण्ठदेखि नारायणगोपाल चोक, सातदोबोटो हुँदै तराईसँग जोड्ने दु्रतमार्गसम्मको रुट–१ र नौबिसे, नागढुंगादेखि कलंकी–कोटेश्वर हुँदै धुलिखेलसम्मको रुट–२ को अन्तिम प्रतिवेदन तयार पारेको लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए ।
लगानी बोर्डका अनुसार राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको हो । समितिमा समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि सदस्य रहेका छन् । २४ पुस २०७३ मा बसेको लगानी बोर्डको २५ औं बैठकले योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।

काठमाडौं रेलमार्ग र मोनोरेल परियोजना प्रदान गर्नका लागि गरिनुपर्ने निम्न परिपूर्ति कोष (भायबिलिटी ग्याप) र परियोजना विकासका लागि उपयुक्त तरिकाबारे विद्यमान सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति समेतलाई आधार मानी उपयुक्त सुझाव पेश गर्न समितिलाई जिम्मेवारी दिइएको थियो ।

प्रतिवेदनका मेट्रोरेल जम्मा ७९ किलामिटर रुटमा गुड्ने छ भने ४ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि दैनिक साढे तीन लाख यात्रुहरुले सेवा पाउने छन् । कुल ५ खर्ब ३६ लाख लागतमा निर्माण हुने रेलसेवाका लागी ७० मेगावाट विद्युत आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ ।

बेलायती सहयोग नियोगका परामर्शदाताले तयार पारेको लागतअनुसार रुट–१ को मेट्रोको १ खर्ब ७६ अर्ब र रुट–२ को रेलमार्गको ३ खर्ब ६० रुपैयाँ लागत अनुमान गरिएको छ । तुरुन्तै बोलपत्र आह्वान गरेर निर्माण गर्न सकिने दुईमध्ये रुट–१ को विभागमार्फत् र रुट–२ को लगानी बोर्डमार्फत् नै काम अघि बढाउने लक्ष्य राखिएको छ । मेट्रोरेलको योजना अघि बढाउन लगानी बोर्डले स्वीकृति दिनुपर्ने भए पनि प्रधानमन्त्री अध्यक्ष रहेको बोर्डको बैठक १८ साउनपछि बसेको छैन ।

मेट्रो रेल बनाउन सकेमा यात्रुहरूलाई सहज हुनुका साथै वातावरणमैत्री मेट्रो रेलबाट धेरै फाइदा हुने सरोकारवाला बताउँछन् । सडकमाथिको पुल (एलिभेटेड ट्रयाक) मा निर्माण हुने मेट्रोरेल बनेपछि अन्य सवारीसाधन उपत्यका छिर्न नदिने लक्ष्य राखिएको छ । धुलिखेल क्षेत्रमा ठूलो बसपार्क बनाएर अरनिको तथा वीपी राजमार्गमार्फत् आउने सबै बस यसै क्षेत्र तथा महेन्द्रलगायत अन्य राजमार्गमार्फत् आउने बसहरूको लागि नौविसे क्षेत्रमा ठूलो बसपार्क बनाएर त्यही रोकी ट्रेनमार्फत काठमाडौं भित्र्याउने लक्ष्य राखिएको छ ।

लगानी बोर्डले समयमै निर्णय गर्न सकेमा र अन्य सरोकारवाला मन्त्रालयसहितका निकायहरूले तदारुकता देखाए चर्चामा मात्र रहेको मेट्रोरेल अबको चार वर्षमै काठमाडौंमा देख्न पाइने लगानी बोर्डका अधिकारीहरू बताउँछन् ।

टिभि अन्नपूर्णबाट ।