१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुई छुट्टाछुट्टै दुर्घटनामा १८ को मृत्यु,

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार १३:१७

काठमाडौं । गुल्मी र ओखलढुंगामा सोमबार भएको दुर्घटना १८ जनाको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ  भने उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुई जनाको उद्धार गरिएको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो । दुर्घटनामा सातजनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो ।
दुर्घटनमा मृत्यु हुनेहको सनाखत हुन नसकेको र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो । घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको उहाँले बताउनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडीमा चालकसहित १५ जना रएकामा अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

u'NdL b/af/ ufpFkflnsf–$ la/jf;df ePsf] af$v %%)! gDa/sf] dfO{qmf] a; b'3{6gfdf k/]sf 3fOt]x?sf] p4f/ ub}{ k|x/L, z;:q k|x/L, :yfgLo . t:jL/ M k|]dgf/fo0f cfrfo{, c3f{vfFrL, /f;;
गुल्मी दरबार गाउँपालिका–४ बिरवासमा भएको बा४ख ५५०१ नम्बरको माईक्रो बस दुर्घटनामा परेका घाइतेहरुको उद्धार गर्दै प्रहरी, शसस्त्र प्रहरी, स्थानीय । तस्वीर : प्रेमनारायण आचार्य, अर्घाखाँची,

यता, इलाका प्रहरी कार्यालय कटारीका अनुसार चालक हरि कार्कीसहित ११ जना यात्रु बोकेर कटारीबाट ओखलढुंगा जाँदै गरेको उक्त जिप ठाटीको सडकको भिरबाट ५०० मिटर तल खस्दा घटनास्थलमा नौजनाको मृत्यु भएको हो ।
भर्खरै प्रहरी घटनास्थलमा पुगे पनि मृतक यात्रुको शव भिरमा नै अड्किएका कारण निकाल्न कठिनाइ भइरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभएको छ ।
यता चालकलाई अस्पताल पु-याएपछि उपचारका क्रममा मृत्यु भएको र आठ वर्षीय बालक र एक महिला भने घाइते अवस्थामा भेटिएका कारण स्थानीयवासीले प्रहरी पुग्नु अगाडि नै उद्धार गरेर निकालेको पनि प्रहरीले बताएको छ ।
घाइते दुईजनालाई अहिले उपचारका लागि कटारी अस्पताल लगिएको पनि प्रहरीले बताएको छ । मृतकका शव पहरामा अड्केका कारण निकाल्न कठिनाइ भएकाले नाम र ठेगानासमेत पहिचान गर्न कठिनाइ भइरहेको पनि प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।
घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ । यता दुर्घटनामा परेको जिप भने ५०० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ ।
जिप दुर्घटनाको कारण उकालो बाटोमा बढी लोड भएका कारण जिपले लोड तान्न नसक्दा पछाडि झरेर दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल कटारी बजारदेखि १३ किलोमिटर पश्चिम पहाडी क्षेत्रमा पर्दछ ।