११ बैशाख २०८१, मंगलवार
Follow Us

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार १३:२४

भोजपुर । भोजपुरको आमचोक गाउपालिका– ९ दुम्मनामा १५ वर्षीया एक वालिकाको बलात्कार पछी हत्याको प्रयास भएको छ । कक्षा ८ मा अध्ययनरत वालिकाको बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको आफन्तले बताएका छन ।
सामाजिक तथा आर्थिक रुपमा कमजोर पीडित बालिकालाई अचेत अवस्थामा स्थानीयले भेटेपछि सहयोग जुटाएर उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु-याएका थिए । उनको अवस्था गम्भिर रहेको बताइएको छ । यसैबीच बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले स्थानीय सन्तोष श्रेष्ठले पक्राउ गरेको छ । अविभावक गुमाएकी पिडीत वालिका ठुलो वुवाको संरक्षणमा वस्दै आएकी थिइन् ।