१३ बैशाख २०८१, बिहीबार
Follow Us

यी हुने नेपालका सबैभन्दा गरिब

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७३, मंगलवार ०६:१४

काठमाडौं । लोकेन्द्र बहादुर चन्द र रमेशनाथ पाण्डे अरवौं सम्पत्तिका मालिक हुन् । पटक पटक प्रधानमन्त्री, मन्त्री बनेका यी दुई हस्ती गरिब छन्, मगन्ते जीवन बिताउन बाध्य छन् भनेर कसैले विश्वास गर्छ ? तर गृहमन्त्रालयको रेकर्डमा विपन्न बर्गले पाउनुपर्ने आर्थिक सहायता चन्दा पुरस्कार उपचारका नाममा पाउने यिनै हुन् । यसकारण गृहका कर्मचारी भन्छन्– यी धनाध्ये गरिब हुन् ।
लोकेन्द्रबहादुर चन्दसहितका धनाढ्यले ६४ लाख गत ओली सरकारबाटै लिएका छन् भने रमेशनाथ पाण्डेले त आफूलाई कम रकम दिइयो, आफ्नो हैसियत कम आ“कियो भनेर आफूले पाएको ५ लाख भूकम्पपीडितलाई दिनु भनेर ठूलै दानी बनेको दृश्य पनि देखियो । भूकम्पपीडित, बाढी पहिरो पीडितले केही नपाउने तर यस्ता धनाध्येले करोडौं पाउने अचम्मको लोकतन्त्र छ यहा“ ।
केपी ओलीले सरकार छाड्ने बेलामा एक करोड ३२ लाख बाँडेर गए । त्यो रकम एमाले र माओवादी पहुँचवालाको लागि थियो, जनताको होइन ।