६ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी लायन्स क्लबको टोली नेपाल जाने

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार १५:२९

नेपाल र अमेरिकी लायन्स क्लबको एक बिशेष टोलीले नोभेम्बर २ देखि १४ तारिखसम्म नेपालको भ्रमण गर्ने भएको छ ।
नेपाली लायन्स क्लबसंगको सहकार्यमा संचालित स्वास्थ्य शिविर र अन्य समाजीक अभियानमा सरिक हुन, लायन्स डिष्ट्रिक ४सी३ का गर्भनर लायन राजेन थापाको नेतृत्वमा ९ सदस्यीय लायन टोलीले नेपालको भ्रमण गर्न लागेको हो । राजेन थापा नेपाली डायस्पोराकै पहिलो लायन्स डिष्ट्रिक ४सी३ का गर्भनर हुन् । डिष्ट्रिक ४सी३ मार्फत उनले क्यालीफोर्नीयाको अलामेडा र कन्टाकोष्टा काउन्टीका ४४ वटा लायन्स क्लबहरुको नेतृत्व गर्दछन् जसमा १२२० लायन सदस्यहरु छन् । १२ दिने सद्भावना भ्रमणको क्रममा थापाको टोलीले काठमाण्डौँ, पोखरा, बन्दिपुर, चितवन तथा इटहरीका बिभिन्न लायन्स क्लबहरुसंग द्धिपक्षीय समाजीक सहकार्य तथा आर्थीक, भौतीक सहयोगको बारेमा छलफल गर्नेछ । यसक्रममा केहि नयाँ परियोजनामा संचालनका लागी साझेदारि गर्ने बारेमा पनि सहमती गर्ने कार्यक्रम रहेको गर्भनर थापाले जानकारि दिए ।
थापा नेतृत्वको टोलीले काठमाडौं उत्रैकै भोलीपल्ट स्थानिय देउराली लायन्स क्लबसंगको साझेदारिमा संचालित आखाँ शिविरमा सहभागी हुनेछ । उक्त शिविरमा भ्रमण टोलिका सदस्य एवं बरिष्ठ नेत्र रोग विशेषज्ञहरु मार्क फुजीकावा र कोरे ली ले विशेष सेवा प्रदान गर्र्नछन् । नोभेम्बर ४ मा कुलेश्वर लायन्स क्लबद्धारा संचालित स्वास्थ्य चौकी अवलोकन पश्चात अमेरिकी लायन्स टोली नोभेम्बर ९ तारिखमा आयोजना हुने बृहद अन्तक्र्रीयामा भाग लिन पोखरा जाने कार्यक्रम रहेको छ । सो अन्तक्र्रीयामा पोखराका स्थानिय लायन्स क्लबहरु सहभागी हुनेछन् । डिष्ट्रिक ४सी३ र नेपाली लायन्स क्लबबिच सहकार्य र सहयोगको खाका कोर्ने मामिलामा यो अन्तक्रिया उपयोगी सावित हुने थापाले अपेक्षा लिएका छन् “हामी नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहकार्य गर्न चाहन्छौँ, यो भ्रमणले एउटा स्पस्ट चित्र कोर्ने छ” थापाले भने ।
लायन थापाको टोलीले नोभेम्बर ११ मा तनहुँको बन्दिपुरमा आयोजना हुने नेत्र शिविरमा सहभागी हुने कार्यक्रम छ । यो शिविर बन्दिपुर लायन्स क्लबसंगको सहकार्यमा संचालन हुन लागेको हो । डिष्ट्रिक ४सी३ ले सो शिविरमा १२०० थान चस्मा सहयोग गर्नेछ भने नेत्ररोग विशेषज्ञद्धय मार्क र ली ले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । अमेरिकी लायन्स टोलीको लागी यो विशेष महत्वको कार्यक्रम हो । नोभेम्बर १० मा चितवनका स्थानिय लायन्सको सहकार्यमा संचालित परियोजनाको अवलोकन गर्नेछ । नोभेम्बर १३ मा गर्भनर थापालाइ प्रवासमा नेपालको प्रतिष्ठा उँचो बनाए बापत इटहरीका लायन्स क्लबको भ्रमण गरि सो टोली नोभेम्बर १४ तारिखका दिन अमेरिका फर्कने कार्यक्रम रहेको छ । “नेपाल र अमेरिकाका लायन्स क्लबको सहकार्यका लागी यो भ्रमण फलदायी हुनेछ” भ्रमण टोलीका व्यवस्थापक एवं बर्कली मकालु लायन्स क्लबका अध्यक्ष विजया सुवेदी तन्डुकारले भनिन् ।

नौ सदस्यीय भ्रमणदलमा गर्भनर लायन राजेन थापा र उनकी श्रीमती विजया थापा, डिष्ट्रिक ४सी३ क्याबिनेट सेक्रेटरी तथा व्यवसायी अल सटाके, डिष्ट्रिक ४सी३ कोषध्यक्ष एवं नेत्ररोग विशेषज्ञ मार्क फुजीकावा तथा उनकी श्रीमती जर्जीया फुजीकावा रहने छन् । त्यसै गरि बर्कली मकालु लायन्स क्लबका अध्यक्ष विजया सुवेदी तन्डुकार, बर्कली अन्नपुर्ण लायन्स क्लबका तृतीय उपाध्यक्ष तथा व्यवसायी केशर थापा र नेत्ररोग विशेषज्ञ कोरे ली र उनकी श्रीमती सिमन्डा ली रहने छन् ।
को हुन् गर्भनर थापा ।
सन् १९९९ मा लायन्स क्लब प्रबेश गरेका राजेन थापा इटहरीका प्रख्यात शिक्षक तथा समाजसेवी हुन् । उनि मोर्डन प्रिपेरोटोरी अंग्रजी स्कुलका प्रिन्सिपल थिए ।उनी सन् २००३ मा सपरिवार अमेरिका प्रस्थान गरेका थिए । अमेरिका पुगे पनि समाजसेवाको भोक खप्न नसकेका थापाले लायन्सको आफ्नो करियरलाइ निरन्तरता दिने निधो गरे र सन् २००६ मा लायन्स क्लब अफ बर्कली अन्नपुर्णको स्थापना गरे । क्यालीफोर्नियाको सनफ्रान्सिस्को स्थापित यो क्लब नेपालीले नेतृत्व गरेको पश्चिम अमेरिकाको पहिलो क्लब हो । उनकै पहलमा आज त्यसक्षेत्रका नेपालीहरुले दर्जन बढि लायन्स क्लवहरु स्थापना गरेका छन् । थापा गत जुनमा सम्पन्न अधिवेशनबाट डिष्ट्रिक गर्भनर चुनिएका थापा टेस्ट अफ हिमालयज नाम चेन रेष्टुराँका मालिक हुन् भने उनि रियल स्टेट व्यवसायसंग पनि आवद्ध छन् । उनी एक छोरा छोरि र श्रीमतीको साथमा क्यालीफोर्नियाको सेक्रामेन्तोमा बस्छन् ।