१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वसांसद बालकृष्ण ढुंगेल पक्राउ

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७४, मंगलवार ०६:५९

काठमाडौं । पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ । ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उहाँलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।