७ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्जुले भनिन् , आर्थिक समृद्धि मेरो मूल ऐजेण्डा

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७४, मंगलवार ०९:२०

कार्तिक १४, २०७४-प्रदेश नं सातको महत्वपूर्ण मानिने कैलाली क्षेत्र नं ५ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी नेतृ आरजु देउवाले आफ्नो मुख्य चुनावी मुद्दा आर्थिक समृद्धि र विकास भएको बताएकी छिन् । ‘यो क्षेत्रको विकासका लागि म उम्मेदवार बनेकी हुँ’ उनले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन् ‘प्रदेश नं सातको विकास र समृद्धिका लागि मैले गर्न सक्ने हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छु ’।

गौरीफण्टा भन्सारको स्तरोन्नती, व्यवस्थित सहरीकरण, मुक्त कमैया, सुकम्बासी र हलियाको व्यवस्थापन, गेटा विमानस्थलको आधुनिकीकरणलगायत प्रमुख समस्या समाधानका लागि उनले आवश्यक पहल सुरु गर्ने बताइन् ।

-कान्तिपुरबाट ।