१३ बैशाख २०८१, बिहीबार
Follow Us

तेस्रो गठबन्धनको उदय, २ नम्बर प्रदेशमा मधेशवादी दल एक

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७४, मंगलवार १०:३८

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेर दुई मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले नयाँ गठबन्धन गरेका छन् । नेपाली कांगे्रसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेपछि दुई मधेशवादी दलहरु एक भएका हुन् ।
उनीहरुले प्रदेश नं. २ का आठवटा जिल्लाका लागि गठबन्धन बनाएका हुन् । फोरमले प्रतिनिधिसभाका लागि १७ र प्रदेशसभामा ३३ सिट लिने सहमति भएको छ भने राजपाले प्रतिनिधिसभामा १५ र प्रदेशसभामा ३१ सिट लिएको छ । २ नम्बर प्रदेशमा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छ ।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजप अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिअनुसार लोकतान्त्रिक गठबन्धनमा मधेशवादी दलको संलग्नताको सम्भावना अन्त्य भएको छ । यो गठबन्धन निर्माण भएसँगै तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई चुनाव जित्न सहज हुने छैन ।
यसरी मिलाइयो भागवण्डा
heoo
सुनयना राउत