१६ चैत्र २०८०, शुक्रबार
Follow Us

माओवादी विना विभागीय राज्यमन्त्री कांग्रेसमा प्रवेश

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७४, मंगलवार १३:५९

काठमाडौं । माओवादी विना विभागीय राज्यमन्त्री माओवादी नेता शम्भुलाल श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा श्रेष्ठ सहितका माओवादी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
सर्लाहीबाट २०७० सालको निर्वाचनमा झलनाथ खनाललाई हराउने श्रेष्ठलाई प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरे । उनले सर्लाही क्षेत्र नं १ बाट एमाले नेता खनाललाई झण्डै सात सय मतान्तरले पराजीत गराएका थिए । उनीसँगै जिल्लाका विभिन्न पार्टीका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।
यसरी प्रवेश गर्नेमा उनी बाहेक पनि प्रेमहरि श्रेष्ठ, इन्द्र बहादुर योञ्जन, आदिमाया स्याङ्वा, रामप्रित चौधरी, रामनानु साह, सुनिल मोक्तान, पूर्णबीर थापा, रामप्रसाद महतो, अम्मरबहादुर कार्की, लामा दोर्जे मोक्तान, राजु लामा, अभिसेक सुवेदी, यमुना श्रेष्ठ, सुरज डगौरा, उमा डरौला लगायत छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको संख्या दिन दिनै बढ्दो मात्रामा रहेको छ । मंगलबार मात्रै कैलालीका दुई सांसद् काँग्रेसमा प्रवेश गरेका थिए भने श्रेष्ठ सहित ३ सांसद् काँग्रेसमा प्रवेश गरेका छन् ।