१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ग्रेटर रशमोर नेपाली कम्युनिटीको बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार ००:२२

अल्डरशट । ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न भएको छ।

बैठकमा गत २२ जुलाई २०१७ मा नयाँ कार्यसमिति चयन भए पश्चात गरिएका समस्त प्रगति विवरण उपर महासचिब मान गुरुङ र अध्यक्ष जीव बेलबासेले प्रकाश पारे।

बैठकले दिर्घकालिन र अल्पकालीन क्रियाकलापलाइ प्रभावकारी रुपमा सम्पन्न गर्न सहजताको लागि विभिन्न विधालाई समेट्ने गरि टास्क फोर्स गठन गरि संयोजक समेत तोकेको छ।

बिशेष गरि कम्युनिटी भवन तथा नेपाली भाषा एवं नेपाल स्टडी उपर क्रमश: भूपू कर्नेल जोन मेकंली र डाक्टर चन्द्र लग्जम्बाले रिपोर्ट प्रस्तुत गरे पश्चात उपरोक्त बिषयमा काउन्सिल तथा स्थानिय स्तरबाट के गर्न सकिन्छ भन्ने बिषयमा क्याबिनेट लिडर डेभिड क्लिफोर्ड र बिपक्षी दलका नेता काउन्सिलर आलेक्स क्राफोर्डले निकै सकारात्मक बिचार राख्दै सहयोगको लागि प्रतिबध्दता जनाए।

बैठकमा समस्त कार्यसमिति, सल्लाहाकारहरुका अतिरिक्त डेपुटी क्याबिनेट लिडर केन, शिक्षिका ब्रेण्टा र एभरेस्ट टाइमसका फोटो पत्रकार मिलन तमु समेत सभागी भए।

महासचिब मान गुरुङद्वारा संचालित एवं जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सचिब युवन गुरुङ हेल्थ एण्ड सेफ्टी, बरिष्ठ उपाध्यक्ष रामधन राइ भेट्रान प्रोजेक्ट, ट्रष्टी एवं सिटिजन एड्भाइस, उपाध्यक्ष नेम थापा इन्फोर्मेशन डे, ड्रग्स तथा अल्कोहल एब्युस, उपाध्यक्ष रन्जिता मल्ल फूड फेस्टिभल, नारी दिवस, सल्लाहाकार मेजर खिम गौचन १० के र फन रन, निबर्तमान अध्यक्ष ओम थापा बिधान र कोषाध्यक्ष टोप पल्लिले आम्दानि खर्च बिवरण प्रस्तुत गरेका थिए भने सल्लाहाकार मास्टर कृष्ण प्रसाद गुरुंगले रियल लाइफ च्यालेन्ज (आगोमा हिड्ने ) बिषयमा प्रिजेन्टेसन दिएका थिए ।

बैठकमा पुन सबै बिषयलाइ समेट्दै अल्डरशट फान्ब्रो एरियामा घटित अपराध र प्रहरीले गरिरहेको प्रगति बिवरण उपर अध्यक्ष बेलबासेले प्रकाश पारे भने गठित टास्क फोर्सका संयोजकहरुले यथा सिघ्र बैठक राखी काम कारबाही अघि बढाउनुपर्ने अन्यथा सबै कुरा कागजमा मात्र सिमित रहने कुरा सल्लाहाकार क्याप्टेन ग्यारी घलेले सुझाए।

बैठकको अन्त्यमा भेटघाट रेस्टुरेन्टका प्रबन्धक एवं सल्लाहाकार शेर सुनार र कर्मचारीहरु लगायत सहभागी सबैमा अध्यक्षबाट धन्यबाद ज्ञापन गरे भने गत ०८ अक्टुबर २०१७ मा सम्पन्न १० के र फन रन मा स्वयम् सेवकको रुपमा सहयोग गर्ने भेट्रान गोर्खा र परिवारलाई धन्यबादका साथ ग्रेटर रशमोर नेपाली कम्युनिटीको लोगो अंकित ५० वटा टिसर्ट अध्यक्षद्वारा हस्तारण गरे भने यसका अतिरिक्त १० के रानका सहयोगी सबैलाई संस्थाको तर्फबाट भोजन समेत गराएका थिए ।