April 13, 2021
9:27 PM | 2:12 AM
ब्रेकिङ न्युज

निर्वाचनको मनोनयन दर्ताको तयारी पूरा

  01/11/2017 मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएकोे जनाएको छ । मंसिर २१ गते ४५ जिल्लामा प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । त्यसका लागि आयोगले कात्तिक १६ गते बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्दैछ ।
प्रदेश सभा र प्रतिनिधिसभाको पहिलो चरणको मंसिर १० गते हुने निर्वाचनको मनोनयन दर्ता यसअघि नै भइसकेको छ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि सम्वन्धित क्षेत्रमा रहेको निर्वाचन कार्यालयका कार्यालय भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिएसँगै अधिकांश राजनीतिक दलहरुले धेरै क्षेत्रका उम्मेदवार घोषणा गरिसकेका छन् । कतिपय बाँकी क्षेत्रका उम्मेदवार चयन गर्न दलहरु आज पनि आन्तरिक छलफल र बैठकमा व्यस्त छन् ।

प्रतिक्रिया