८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतको हाउस अफ लर्डसमा सुमार्गी सम्मानित

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार ०९:०९

नेपाली व्यवसायी अजेयराज सुमार्गी बेलायतस्थित हाउस अफ लर्डसमा सम्मानित हुनुभएको छ । नेपालको निजी टेलिकम क्षेत्रका अग्रणी हस्ती मानिने सुमार्गीलाई वेस्टमिनिष्टर, पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्डसमा सम्माननीय ब्यारोनेस सन्दीप बर्माले युरेसियन गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सीविलिटी अवार्ड–२०१७ द्वारा गत सोमबार सम्मान गर्नुभएको हो ।
सोच फाउन्डेसनको तत्वाधानमा आयोजित उक्त सम्मान यूरेसिया क्षेत्रका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुलाई प्रदान गरिन्छ । सम्मान पाउनेहरुमा हिन्दूजा फाउन्डेसन यूके, इस्टिच्युट अफ डिरेक्टर इन्डिया, रविन ग्रुप अफ कम्पनीका अध्यक्ष विजय कारिया, डा. निकोलस ग्रे, ग्रान्ज होटल ग्रुप लन्डनका प्रवन्ध निर्देशक टोनी म्याथु, प्रसिद्ध चिकित्सक पद्मश्री डा. साउमित्र रावतलगायतका विशिष्ट व्यक्तिहरु छन् ।
भारतीय संगीतका चार हस्ती अनुप जलोटा, सुरेश वाडकर, शैलेन्द्र सिंह र कविता कृष्णमूर्तिलाई अन्तर्राष्ट्रिय जगतमा संगीतका माध्यमले विशिष्ट योगदान पु-याएवापत सम्मान गरिएको थियो ।
बेलायतस्थित हाउस अफ लर्डसमा यसरी सम्मान पाउने अजेयराज सुमार्गी संभवत: पहिलो नेपाली नागरिक हुनुह्न्छ । यूरोप, एसिया क्षेत्रमा क्रियाशील उद्यमी तथा कूटनीतिज्ञहरु माझ सम्मानित भएकोमा आफूलाई गर्व लागेको सुमार्गीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले समाजमा लगानी गरी कति मुनाफा कमायौं त्यो प्रमुख कुरा नभई हामीले यही समाज रुपान्तरणका लागि के गर्न सक्यौ, त्यो चुरो कुरो हो ।’
मुक्तिश्री ग्रुप अफ कम्पनीका तर्फबाट बोल्दै सुमार्गीले भन्नुभयो, ‘हामीहरु आफ्ना पिताले देखाएको पथमा हिड्न सकेका छौं कि छैनौं, भइरहेको व्यवसाय र गरिरहेका कामहरुबाट समाजलाई कसरी टेवा पु-याउन सकेका छौं, त्यही सामथ्र्यले समाजमा अर्थ राख्छ ।’
सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए भने हाउस अफ लर्डसका तर्फबाट ब्यारोनेस बर्माले रात्रिभोजको आयोजना गर्नुभएको थियो ।
23114712_10154953922638639_1075063948_n