१९ बैशाख २०८१, बुधबार
Follow Us

जुवा खालमा डलरसहित ५२ जुवाडे पक्राउ

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार ११:२५

काठमाडौं । जुवा खालबाट ५२ जना जुवाडे डलरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरगढी गाँउपालिका सिमलटारस्थित मानबहादुर श्रेष्ठको घरमा उनीहरु पक्राउ परेका हुन ।
कार्यालय प्रमुख विकासराज खनालले दिएको जानकारी अनुसार उनीहरुलाई कौडा र तास दुबै खेली रहेको अवस्थामा ३ लाख ८८ हजार ६ सय ७० रुपैयाँ, ५ सय भारु, ८ सय ११ अमेरिकन डलर, ५० कतार रियाल, ७ बुक तास र १६ थान कौडासहित उनीहरु पक्राउ परेका हुन् । जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।