१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चार पेसागत संगठनले वाम गठबन्धनलाई सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार ११:५२

काठमाडौं, कात्तिक १५ । जनताको करबाट पालिएका सरकारी कर्मचारी आवद्ध विभिन्न ट्रेड युनियनले खुलारुपमा दललाई आगामी निर्वाचनमा समर्थन गर्ने घोषणा गरेका छन् । जनताले गाँस काटेर निष्पक्षरुपमा नागरिकको काम गर्न पालिएका कर्मचारीहरुले खुलेआमरुपमा दलका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
बुधबार राजधानीमा संयुक्त कार्यक्रम गरी विभिन्न चारओटा पेसागत संगठनले आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन् । यसरी घोषणा गर्नेमा नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडेरेसन र पेसागत महासंघ नेपाल रहेका छन् । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन इमान्दारीपूर्वक लाग्ने उनीहरुको भनाइ छ । मुलुकको समृद्धि र पेसाकर्मीको हक–अधिकारका लागि मुलुकमा वाम सरकार आवश्यक रहेको निचोड पनि उनीहरुको छ ।