१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती रक्षा मन्त्री माइकल फालनले गरे राजीनामा

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०१:५३

बेलायती रक्षा मन्त्री माइकल फालनले पदबाट राजीनामा दिएका छन् । रक्षा मन्त्री फालनले आकश्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका बिबिसीले जनाएको छ । उनले राजीनामाको कारण भने खुलाउनु भएको छैन ।

फालन विरुद्ध १५ वर्ष अघि एक महिला पत्रकारलाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनले आफ्नो विगतको व्यवहारप्रति क्षमा समेत मागेका छन् । उनले गएको साढे तीन वर्षसम्म बेलायतको रक्षामन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन् ।