१३ बैशाख २०८१, बिहीबार
Follow Us

सल्यानमा जीप दुर्घटना, २ को मृत्यु १७ जना घाइते

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०३:५५

कार्तिक १५, २०७४-पिकनिक खाएर फर्कदै गरेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

बुधबार बिहान सुर्खेतबाट कुपिण्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जीप फर्कने क्रममा दिउँसो चार बजेतिर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यका अनुसार चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ की ३५ वर्षीया धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

जीपमा सवारमध्ये १७ जना घाइते छन् । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट १२० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

– कान्तिपुरबाट ।