८ बैशाख २०८१, शनिबार
Follow Us

दूधमा विष मिसाएर १५ जनाको हत्या ः ३ जना हत्या आरोेपमा पक्राउ

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०४:०९

पाकिस्तानमा एक नवविवाहिता महिलालाई पति र परिवारका १५ सदस्यको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि परिवारका सबै सदस्यहरूलाई दूधमा विष मिसाएर हत्या गरेको आरोप लागेको छ ।

पाकिस्तानको मुजफ्फरगढ जिल्लाका एक वरिष्ठ प्रहरी अधिकारीले आसिया बीबी नाम गरेकी ती महिलाले आफ्नो पतिलाई दूधमा विष मिसाएर खान दिँदा मृत्यु भएको जनाएका छन् । प्रहरीले पतिले पहिले दूध नपिएको र पछि सोही दूधमा विष मिसाएको लस्सी राखिदिएको जनाएको छ ।

विष मिसाएको सोही लस्सी खाँदा परिवारका अन्य सदस्यको मृत्यु भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा अर्का एक पुरुषलाई पनि पक्राउ गरेको छ । ती पुरुष आसियाका प्रेमी भएको बताइएको छ ।

यसैगरी आसियाकी काकी पनि षडयन्त्रमा सामेल भएको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार सेप्टेम्बरमा आसियाको बाबु–आमाले मन पराएको केटासँग जबरजस्ती विवाह गरिदिएका थिए । पाकिस्तानमा गरिब परिवार र ग्रामीण इलाकामा यस प्रकारको विवाह आम रूपमा प्रचलनमा रहेको छ । स्थानीय सञ्चारमाध्यमले ती नवविवाहिता आसियाले पतिको घरबाट भागेर माइत (बाबु–आमाको घर) जान कोसिस गरे पनि असफल भएको जनाएका छन् । पाकिस्तानी प्रहरीले आसिया बीबीमाथि हत्याको आरोपमा मुद्दा दायर गरेको छ । मुजफ्फरगढ प्रहरीका वरिष्ठ अधिकारी अवैस अहमदले सो घटनामा परी १५ जनाको मृत्यु भएको र आठ जनाको मुल्तानको अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।

दूधको सेवन गत बिहीबारबाट बढ्न थालेको हो । विष मिसाइएको दूध सेवनबाट सुरुमा नै आठ जनाको मृत्यु भएको थियो । अवैस अहमदले कुन प्रकारको विष सेवनबाट उनीहरूको मृत्यु भएको हो भन्ने कुरा भने मेडिकल परीक्षणबाट मात्रै सम्भव हुने जनाइएको छ ।

– राजधानी दैनिकबाट ।