११ बैशाख २०८१, मंगलवार
Follow Us

डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०४:२०

१६ कात्तिक, वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् ।

डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिन्छ । बुधबार न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको पुष्टि भएपछि ट्रम्प डीभी चिठ्टा तत्काल खारेज गर्ने निष्कर्षमा पुगेका हुन् । डिभी चिठ्ठा आतंकवादीहरु अमेरिकी प्रवेश गर्ने माध्यम बनेकाले यसलाई खारेज गर्नुपर्ने ट्रम्पको जोड छ ।

ह्वाइटहाउस बैठकमा ट्रम्पले भनेका छन्, ‘मैले आजबाट डाइभर्सिटी भिसा (डीभी)को कार्यक्रम रद्ध गर्ने प्रक्रिया शुरु गरेको छु । डाइभर्सिटी भिसा सुन्दा मिठो लाग्छ, तर यो राम्रो होइन, त्यसैले हामी यसको विपक्षमा छौं ।’

उनले डीभी खारेज गर्ने प्रक्रियाका लागि अमेरिकी संसदमा प्रस्ताव लैजाने पनि बताए ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

२०७४ कार्तिक १६ गते प्रकाशित
– अनलाइन खबबरबाट ।