४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०८:३८

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुहुने भएको छ । पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ । पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न आफू जान नसक्नु भएको हो ।