४ बैशाख २०८१, मंगलवार
Follow Us

सत्र किलो सुनसहित एक युवक पक्राउ

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०८:३९

बेँसीशहर । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई प्रहरीले आज पक्राउ गरेको हो । मनाङबाट बेँसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ जाँचका क्रममा पक्राउ परेका हुन् । प्रहरी जाँचका क्रममा उनी भाग्न खोजेका र भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
युवकबाट एक किलो लेखिएको १७ थान सुन समातिएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । प्रहरीले ती युवकले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । सदरमुकाम बेँसीशहरबाट करिब सात किमी उत्तरतर्फ मनाङ जाने बाटोमा युवक समातिएका हुन् । सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।