११ बैशाख २०८१, मंगलवार
Follow Us

अरिङगालले टोकेर ओखलढुंगामा ९ महिने बालकको मृत्यु

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०९:४९

ओखलढुङा ।

जिल्लाको मोलुङ गाउँपालिका–८ मा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मोलुङ रागादिप बस्ने पवित्र राईको ९ महिनाको छोरा एडिट राईको अरिङगालले टाकेर मृत्यु भएको हो ।

पवित्र राईले बुधबार आफ्नो ११ बर्षीय छोरी पुजा राई, ९ महिनाको छोरा एडिट राई र ५ बर्षीया अन्जु राईलाई लिई सोही ठाउँमा रहेको खेतबारीमा काम गर्न जाने क्रममा उनीहरुलाई अरिङगालले टोकी घाईत भएका थिए । उपचारको लागि सदरमुकाम स्थित मिशन अस्पतालमा लगिएकोमा एडिट राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

– टिभि अन्नपूर्णबाट ।