१५ चैत्र २०८०, बिहीबार
Follow Us

वेलायतमा व्याजदर बृद्धि, नेपालीलाई कस्तो असर पर्ला ?

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार २०:०४

ऋषि खनाल । लण्डन । करिब एक दशकको अन्तराल पछि विहीवार बैंक अफ इंल्याण्डले आधार व्याजदर थोरै मात्रामा बढाउने निधो गरेको छ । जसको कारण विहीवार दिनै भरी ब्रिटिस अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला भनेर बहस भयो । पछिल्लो निर्णयले अधिकांस घरधनिहरुलाई आतंकित समेत पारेको देखियो ।

व्याजदर वृृद्धिको घोषणासंगै पाउण्डको दर खस्किएको देखिएको छ भने शेयर बजारमा पनि नकरात्मक असर देखिएको छ ।

अर्को तिर व्याजदर वृद्धिको सोझो असर मोर्गेजमा घर लिएका घरघनिहरु, बैंक एकाउण्डमा आफ्नो बचत जम्मा गरेको बचतकर्तालाई पर्ने देखिन्छ ।

यूकेमा करिब ९ मिलियन घरको मोर्गेज भएको र झण्डैंझण्डैं ४५ मिलियन सेभिङ एकाउण्ट भएको अनुमान गरिएको छ ।

९ मिलियन मोर्गेज मध्य करिब आधा जस्तो मोर्गेज भेरियवल रेट (परिवर्तनसिल दर) मा रहेकोले बृद्धिको असर तुरुन्त पर्ने देखिन्छ । उनीहरुले अर्को महिना देखी अहिले तिर्दै आएको मोर्गेज भन्दा वढि व्याज तिर्नु पर्ने देखिन्छ । यदि तपाईको मोर्गेज पनि भेरियवल रेटमा छ भने तपाईको बैंकले खबर गरेर कति बृद्धि हुदैंछ, कहिलेबाट लागु हुनेछ भनेर जानकारी पठाउने छ ।

रिणको आकार अनुसरा तपाँईको मासिक खर्च बढ्ने देखिन्छ । तर यदि तपाईको मोर्गेज निश्चित समयको लागि अचल (फिक्स) गर्नु भएको छ भने त्यति समय सम्मको लागी मोर्गेज पेमेन्ट बढाउने पर्ने छैन् ।

नेपाली समूदायका घरधनिले फिक्स मोर्गेज नै रुचाउने हुदाँ तत्कालको लागी यो समूदायलाई सोचे भन्दा कम नै असर पर्ने देखिन्छ ।
अर्को तिर यदि तपाई आफुसंग भएको बचत बैंक वा वित्तिय संस्थाको बचत खातामा राख्नु भएको छ भने तपाईले पाउदै आएको व्याजमा थोरै भएपनि वृद्धि हुने अनुमान गरिन्छ । बैंकलाई दिने क्रृणको व्याज बढाए पछि तिर्नु पर्ने बचतको व्याज पनि बढाउन पर्ने नैतिक दायीत्व हुन्छ ।

जानकारहरुको अनुसार यो व्याजदर बृद्धिलाई स्वभाविक र नियमिति मानिएको छ ।
rate
यूके अर्थतन्त्रको बृद्धि, वेरोजगारको समस्या, न्यून तथा इन्फोइन्सन् बृद्धिदर सोचे भन्दा वढि भएकोले ०.५ प्रतिशत व्याजदर स्वस्थ भएको तर छिटैं अर्को वृद्धि हुने कुरामा भने अझै समय लाग्ने देखिएको छ । यो वृद्धिले नकरात्मक भन्दा सकरात्मक प्रभाव पर्ने मान्दछन र सवै समूहको घरधनिहरुलाई त्यति हतोत्साही हुन नपर्ने बताइएको छ ।

सारंशमा भेरियवल मोर्गेज भएका व्यक्तिलाई यो वृद्धिले प्रत्यक्ष रुपमा तत्काल नकरात्मक असर पर्ने देखिन्छ भने बचतकर्ता थोरै भएपनि आम्दानी वढाउने अवसर छ । यस्तै धेरैं फिक्स रेट मोर्गेज भएका घरधनिलाई अहिलेको लागि यसले प्रत्यक्ष असर नपारे पनि अव आउँने दिनहरुमा गर्ने मोर्गेज, रिमोर्गेजको व्याजदर भने केही मात्रमा बढ्ने देखिन्छ ।

व्याज दरको बृद्धिसंगै धेरै मानिसहरु घरको मुल्यमा गिरावट आउने विश्वास गरेका छन् तर वृद्धि पछि पनि व्याजदर निकै सस्तो रहेको अवस्थामा यो वृद्धिले यूकेको घरजग्गाको मूल्यमा परिणामजनक असर नपार्नै अनुमान गरिएको छ ।

( लेखकः वेलायतमा मोर्गेज एडभाइजर हुन् )