१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सामाजिक भवन निमार्ण गर्न तमु प्ये ल्हु संघको साँस्कृतिक साँझ

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार ०१:४७

लण्डन। तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा ‘तमु साँस्कृतिक साँझ’ मा भाग लिन कलाकारहरुको टोलि लण्डन आएको छ । नेपालबाट आयका लोकगायक आरके गुरुङ, धन गुरुङ, लोक गायिका भिमु गुरुङ र रुपा गुरुङ विहीवार लण्डन हिथ्रो एयरपोर्टमा उत्रिएको हो ।

तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, क्या. डेमबहादुर गुरुङ, इन्जिनियर बिजय गुरुङ, संस्थापक अध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष पूर्ण बहादुर गुरुङ र वरिष्ठ फोटोपत्रकार मिलन तमु समेतले विमानस्थल पुगेर खादा र फुलमालाद्वारा स्वागत गरे ।

कलाकारहरुले संघको आयोजनामा आगामी १७ नोभेम्बर २०१७ साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न हुन लागेको कार्यक्रममा भब्य सांगीतिक प्रस्तुती दिनेछन् ।

तमु प्ये ल्हु संघको सामाजिक भवन निमार्ण सहयोगार्थ आयोजना गर्न लागेको सो कार्यक्रममा सांगीतीक कार्यक्रम हुन लागेको हो।