१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन’ -बिजुक्छे

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार ०५:२४

कार्तिक १७, २०७४-नेपाल मजदुर किसानका अध्यक्ष नारयाणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।

आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बिजुक्छेले बताए । भक्तपुरमा रफत सञ्चार क्लवको साक्षात्कारमा उनले नयाा पुस्ता पनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णयअनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए ।

बिजुक्छे २०४८ पछिका सबै चुनावमा निर्वाचित हुने सीमितमध्येका एक राजनीतिज्ञ हुन् । तर आगामी प्रतिनिधिसभामा आफूले उम्मेदवारी नदिई उनले अर्का नेता प्रेम सुवाललाई अगाडि सारेका छन् ।

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमिा सक्रियरुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका एमाले र माओवादी केन्द्रले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए ।

मुलुकमा दुइटा मात्रै राजनीतिक दल भए झन् भद्रगोल हुने दाबी गर्दै बिजुक्छेले ‘थ्रेसहोल्ड’ले प्रजातन्त्रको मर्मलाई अन्त्य गरेको बताए ।

-कान्तिपुरबाट