१३ बैशाख २०८१, बिहीबार
Follow Us

हाई प्रोफाइललाई वागीको लर्को

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार ०६:३८

काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गरेका छन् । तनहुँ १ बाट टिकटको दाबी गर्नुभएको जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गरेका हुन । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध पनि महोत्तरी ३ मा बागी उम्मेदवारी दर्ता भएको छ । दोस्रो संविधानसभामा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिई विजयी चन्द्रेश्वर झाले ठाकुरविरुद्ध उम्मेदवारी दर्ता गरेका हुन । स्थानीय चुनावअघि झा राजपा नेपालमा प्रवेश गरेका थिए ।
फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पनि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन । राजपाकै सहयोगमा सप्तरी २ मा यादव उम्मेदवार बनेका हुन । सङ्घीय समाजवादी फोरमले टिकट नदिएपछि बबन सिंह रौतहट १ मा बागी उम्मेदवार बनेका छन । ०६४ को संविधानसभा सदस्य निर्वाचनमा पनि सिंहले स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए । सिन्धुलीमा गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्की र माओवादीका हरिबोल गजुरेलविरुद्ध माओवादी केन्द्रकै रामकुमार पौडेलले उम्मेदवारी दिएका छन् ।