१५ चैत्र २०८०, बिहीबार
Follow Us

लागूऔषधसहित दुई जना पक्राउ

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार ०७:०९

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित भुजेलाबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको भिमदत्त नगरपालिका १८ बस्ने ३३ वर्षिय अजित जैरु र बेदकोट नगरपालिका ५ बस्ने ३६ वर्षिय गंगाराम बि.क. छन् ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व एवं भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा रेक्सोजेसीक ३० वटा र फेनारगन ३० वटा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको एउटा साइकल समेत बरामद गरेको छ । टोलीले बरामद लागूऔषध तथा साइकलसहित दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

– सगरमाथा समाचारबाट ।