८ बैशाख २०८१, शनिबार
Follow Us

क्याट बेल्जियमद्वारा सहयोग रकम हस्तान्तरण

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार १३:५२

चितवन । सहायता कोष क्याट बेल्जियमले भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका विरामीहरुलाई आज शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । अस्पतालमा उपचाररत ६८ जनाको उपचारमा सहयोग गर्ने उद्धेश्यले सो रकम हस्तान्तरण गरीएको हो । शुक्रबार अस्पतालमा आयोजित एक औपचारिक समारोहमा चितवन सहायता कोष क्याट बेल्जियमका उपाध्यक्ष राजु घिमिरे र संस्थापक अध्यक्ष सिता सापकोटाले संयुक्त रुपमा अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट रुद्रप्रसाद मरासीनी र लेखा अधिकृत हरिहर शर्मालाई नगद ९० हजार हस्तान्तरण गरेकाहुन् ।
क्याट बेल्जियमका संस्थापक अध्यक्ष सिता सापकोटाले चितवन सहायता कोष बेल्जियमले २०६५ सालदेखि नै थालेसिमियाका बिरामीलाई सहयोग गर्दै आएको जानकारी गराइन् । वार्षिक रुपमा एक लाख असी हजार सहयोग गर्नुका साथै उनीहरुका अभिभावकलाई पनि विभिन्न सहयोग गर्दै आएको सापकोटाले बताइन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र प्रसाद मरासिनीले अस्पतालले थालेसेमियाका विरामीहरूको उपचारलाई प्राथमिकता राखेको छ । उनीहरूको उपचार थप सहज र प्रविधियुक्त बनाउन सरकारको समेत चासो बढाउने वातावरण तयार गर्न अस्पताल प्रयासरत रहेको बताए ।
d
थालेसेमिया मानिसको रगतमा हुने रोगमध्ये एक किसिमको आनुुवंशीय रोग हो । यो रोग लागेका बालबालिकालाई एक महिनामा ३ देखि ४ पटकसम्म रगत अनिवार्य चढाउनुपर्छ । यो रोग लागेपछि बच्चा उमेर अनुसार नबढ्ने, पेट ठूलो हुने, पेटमा बाहिरबाटै नसा देखिने, नङ, हत्केला, पैताला ओठ र आँखा सेतो हुँदै जाने र बच्चामा रगतको कमी हुँदै जाने चितवन भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ युवानिधि बसौलाले बताए ।
हाल भरतपुर अस्पतालमा चितवन नवलपरासी, पर्सा, गोर्खा, बारालगायतका जिल्लाका ६८ जना बालबालिकाले यो रोगको उपचार गराइरहेका छन्। भरतपुर अस्पतालका सामाजिक सेवा प्रमुख गोपाल पौडेलका अनुसार थालेसेमिया सोसाइटी परिचयपत्रका आधारमा विरामीका लागि निःशुल्क जाँच र रगतको व्यस्था मिलाइएको छ । चितवन सहायता समाजको संयोजनमा भएको सो कार्यक्रममा एनआरएन बेल्जियमका सदस्यमा निर्वाचित क्याट बेल्जियमका उपाध्यक्ष समेत रहेका राजु घिमेर र नेपाल पत्रकार महासंघको केन्द्य्रिय सदस्यमा निर्वाचित समाज सचिव सृजना अर्याललाई सम्मान गरीएको छ ।
b
चितवन सहायता समाजले थालेसेमियाका विरामीहरुको दिर्घजीवनका लागि विभिन्न कार्यक्रम मार्फत पहल गर्दै आएको समाज चितवनका अध्यक्ष राजेन्द्र पौडेलले बताए ।सो सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्याट वेल्जीयम सदस्य उतम कुमार मल्ल, डा. मनोज कण्डेल, चितवन युवा समुह अन्तराष्टिय समन्वय समतिकी पुर्व उपाध्यक्ष बल्ड बैक भरतपुरका प्राविधिक विश्वनाथ सापकोटा , समन्वय समिती सदस्य कलकार सीता कण्डेल, चितवन सहायता समाजका कोषाध्यक्ष बीजया रेग्मी, सदस्य केशव सुुवेदी , भक्तबहादुर वस्नेत, गौरी अधिकारीलगायत विरामीका अभिभावक र विरामीहरुकोे उपस्थिती रहेको थियो । कार्यक्रममा विरामीका आफन्तले भरतपुर अस्पतालमा पनि काठमाडौमा जस्तै सहज उपचार सेवा र औषधीका लागि आग्रह समेत गरेका छन् ।
नेपालमा कुल जनसंख्याको ४ प्रतिशत मानिस थालेसेमिया रोगबाट पीडित छन् । नेपालमा रगत दिएर पनि यो रोग लागेकाहरू २०-२२ वर्ष भन्दा बढी बाँच्न सकेका नसकेको डाक्टर बसौलाको भनाइ छ । यो रोग लागेका बालबालिकालाई रगत चढाईरहेकाले कुपोषण भएको जस्तो देखिन्छ । तर, विकशित मुलुकमा ७० देखि ८० वर्ष बाँच्न सफल भएको उनले बताए । विकशित मुलुकमा सरकारले नै यस्ता बिरामीको उपचार गर्ने गर्दछ । तर हाम्रो देशमा आज पनि यो रोगबारे धेरै अनभिज्ञ छन् । यो सबै जातजातीमा देखिए पनि थारु र दराईलगायत तराई क्षेत्रका मलेरियन जोनमा यो रोग बढी देखिएको छ ।
c