१३ बैशाख २०८१, बिहीबार
Follow Us

मतपत्र च्यात्नेसँग देवी ज्ञवालीले अँगालो हालेपछि……

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार १४:३५

चितवन । भरतपुर महानगरपालीका स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहालसँगका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवाली यती खेर एक तस्विरको कारण चर्चामा छन् ।
मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्म्दवार देवी अगाडी थिए, यसैक्रममा उम्मेदवार रेणु दाहाल समर्थक द्रोणबाबु शिवाकोटी र वाईसियल अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । उनीहरु दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो । च्यातिएको मतपत्रको कारण लामो समय स्थगित मतगणना अदालतले पूनः मतदान गर्न आदेश दिएपछि भएको मतदानमा देवी ज्ञवाली पराजित भएका थिए । हारपछि ज्ञवाली निकै आक्रोशित हुनुको साथै मतपत्र च्यातिएको र नियोजीत रुपमै आफ्नो हार भएको बताएका थिए ।
पछिल्लो समय बाम गठबन्धनपछि बितेका कुराहरु राजनीतीक परिस्थीती मात्र हो भन्दै तिनै देवी ज्ञवाली हिजो आज प्रचण्डलाई जिताउने प्रचारप्रसारमा अग्र भागमा देखीन थालेका छन् । केहि समयअघि मात्र प्रचण्ड पुत्र प्रकाश दाहालसंग सेल्फी खिचेको प्रसङ्ग सेलाउन नपाउंदै मतपत्र च्यात्ने द्रोण शिवाकोटीको साथ अँगालो हालेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि नेपालको राजनीति र ज्ञवालीप्रति टिप्पर्णी भइरहेको छ ।
devi (1)