११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल आइडल विजेताको पहिलो शो अल्डरशटमा सम्पन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार ०२:०८

लन्डन– वेलायतको बिभिन्न शहरमा प्रस्तुति लिन लण्डन आइपुगेको नेपाल आइडलको विजेता टोलीको पहिलो शो अल्डरशटमा सम्पन्न भएको छ ।

नेपाल आइडल बुद्ध लामासँगै अल्डरसटस्थित एम्पायर हलमा उत्रिएका फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राईले आआफ्नो आकर्षक प्रस्तुति दिए ।

संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर मुख्य आयोजक र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा भएको कन्सर्टको उदघाटन बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी,मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरी र तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङले गरेका थिए ।

नेपाल आइडल विजेताहरुको दोश्रो शो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।
1

2

23201694_10210532325333226_669427545_n