११ बैशाख २०८१, मंगलवार
Follow Us

जिप दुर्घटनामा तीनको मृत्यु

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार ०६:४७

बाजुरा । केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नं को जिप दुर्घटनामा दुईजना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । उद्धारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोली घटनास्थलतर्फ गएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ ।