१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रज्ञापारमिता सुत्र पहिलोपटक नेपालीमा अनुवाद

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार ०६:५०

काठमाडौं । भगवान् बुद्धको अत्यन्त महत्वपूर्ण वचन ‘प्रज्ञापारमिता सुत्र’ लाई पहिलोपटक नेपालीमा अनुवाद गरिने भएको छ । बुद्धवचन अनुवाद समिति नेपालले सर्वसाधारण नेपाली बौद्ध धर्मावलम्बीको अध्ययन सहजताका लागि भोट भाषामा लिपिबद्ध गरिएको ‘प्रज्ञापारमिता सुत्र’ लाई नेपाली भाषामा ल्याउन लागिएको हो ।

यही कात्तिम २४ गतेदेखि शुरु गरिने अनुवाद करिब तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको ‘प्रज्ञापारमिता सुत्र’ मा एकलाख २८ हजार श्लोकसहितका तर्क छन् ।

शून्यताको ज्ञानलाई सहज तरिकाले बुझाउन यी तर्क प्रयोग गर्ने गरिन्छ । कुनै पनि चिजको स्वतन्त्र अस्तित्व छैन, वस्तुको अस्तित्व जोगाउन एक अर्कामा निर्भर हुनुपर्छ भन्ने सन्देश यसमा पाइन्छ । बौद्ध साहित्य तथा दर्शन अध्ययनका क्षेत्रमा ती सुत्रलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।

सातऔँ शताब्दीको सेरोफेरोमा संस्कृतबाट भोट भाषामा अनुवाद गरिएको ‘प्रज्ञापारमिता सुत्र’ मा १६ ठेली छन् । एक ठेलीमा करिब ६०० पृष्ठ समावेश गरिएको छ ।

करिब रु तीन करोडको लागतमा ‘प्रज्ञापारमिता सुत्र’ को अनुवाद सम्पन्न गरिने अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले जानकारी दिनुभयो ।